२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको २८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरूलाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यावसायिक भई इमानदारिताका साथ कार्यक्षेत्रमा क्रियाशील रहनुपर्ने बताए।

थपिएको नयाँ दर्जामा पदोन्नति हुनुभएकोमा गर्व बोध गर्दै आगामी दिनमा सङ्गठनको गरिमा उच्च पार्न थप क्रियाशील, जिम्मेवार र समर्पित भई सेवा गर्न निर्देशन दिए। दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्