र्‍यापर जी-बबको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

लोकपाटी न्यूज
10 Shares

काठमाडौं। पछिल्लो समयका चर्चित र्‍यापर जी-बबको स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’ रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ।

फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, सुहाना थापा, नीराजन प्रधान फिचर्ड छन्। गीतलाई आइतबार मध्यान्हसम्म ८ लाख ४१ हजारभन्दा बढी पटक युट्युबमा हेरिएको छ।

गीतको शब्द र संगीत स्वयं जी-बबकै छ। हुक लाइन लिरिक्स सुरेन्द्र गुरुङ हाकिमको छ। रामजी लामिछानको कोरियोग्राफी रहेको गीतमा नायिका क्लबमा पुगेपछि हुने दृश्य समेटिएको छ।

पछिल्लो समय चर्चामा रहेका र्‍यापर जी-बबलाई फिल्मले अन्तिम समयमा मात्र कन्फर्म गरेर गीत खिचेको हो। जी-बब अमेरिका र अष्ट्रेलियामा सांगीतिक टुरको तयारीमा छन्। वैशाख १ गते उनले अस्ट्रेलियामा कन्सर्ट गर्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्