एसियन कप छनोट : नेपाल उज्वेकिस्तानसँग पराजित

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको हो।

उज्वेकिस्तानको जितमा रोपिभ इख्तियोरले दुई गोल गरे। त्यस्ततै, खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक/एक गोल गरे। नेपालका मणि लामाले एक गोल फर्काए। बलियो टोली उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमै तीन खाएको थियो।

दोस्रो हाफमा नेपालले एक गोल फर्काउँदा थप दुई गोल व्यहोरेको थियो। खेलको दोस्रो मिनेटमा निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए। ११ औं मिनेटमा अकबरले गोल गर्दै टिमको अग्रता २-० को बनाए।

खेलको १६ औं मिनेटमा इख्तियोरले गोल गर्दै उज्वेकिस्तानलाई ३-० को अग्रता दिलाए। खेलको २८ औं मिनेटमा नेपालका मणिले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए। खेलको ३२ औं मिनेटमा इख्तियोरले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानलाई ४-१ को अग्रता दिलाए।

त्यसपछि खेलको ४० औं मिनेटमा गोलकिपर एब्बोसले गोल गर्दै उज्वेकिस्तानलाई ५-१ को सहज जित दिलाए। नेपालले दोस्रो खेल सोमबार ताजिकिस्तानसँग खेल्नेछ। त्यस्तै, उसनले तेस्रो तथा अन्तिम खेल चैत २९ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्