दुवईको एक कम्पनीले माग्यो ठूलो संख्यामा नेपाली कामदार

Dubai
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। दुवईको एक कम्पनीले ठूलो संखयामा नेपाली कामदारको माग गरेको छ। berkeley security services and building cleaning  कम्पनीले २५० जना पुरुष र १०० जना महिला गरी जम्मा ३५० जना कामदारको माग गरेको हो।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।

कामदारले खान बस्नेतसहित तलब २६ हजार बढी पाउनेछ। इच्छुक कामदारले सन लाईट ह्युमन रिर्सोस प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख ९ गते अन्तरवार्ता दिनुपर्ने छ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ। त्यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्