पछिल्लो चौबिस घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि

लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४ जनामा कोरोना पुष्टि भएको छ।

आज २ हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, आइतबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५९२ रहेको छ। आज २० हजार ८२८ जनाले कोरोना विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्