यसरी नाप्नुस् जग्गाको क्षेत्रफल

Residential-ZC88163-HamPhoto-4800
गुगलबाट लिइएको तस्वीर।
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। जग्गा–जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ। वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो। तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ। नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ। तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ।

त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन्। यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ।

क्षेत्रफलका हिसाबले १ धुर बराबर २.१२९६ पैसा हुन आउँछ। १ आना बराबर १.८७७७ धुर हुन आउँछ। त्यस्तै १ रोपनी बराबर १.५०२३ कठ्ठा हुन आउँछ। त्यसैगरि १ विघा बराबर १३.३१२६ रोपनी हुन आउँछ। अनि, १ हेक्टर बराबर २.४७११ एकर हुन आउँछ।

यसरी नाप्नुस् क्षेत्रफल

Capture2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्