फुटसल : ताजिकिस्तानसँग नेपाल ११-१ गोल अन्तरले पराजित

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार ताजिकिस्तानसँग ११-१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो।

नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो। पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो।

यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो। छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब अन्तिम तथा तेस्रो खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्