अफगानिस्तानविरुद्ध खेल्दै गर्दै नेपाल

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ। यसअघिका दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ। अफगानिस्तान र नेपाल एकै स्तरका टोली हुन् । तर, पछिल्लो समय अफगानिस्तानले प्रदर्शनलाई बलियो बनाएको। त्यसैले अफगानिस्तानलाई हराउन नेपाललाई सहज भने छैन।

पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ ले स्तब्ध भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल बाहिरिसकेको छ। अफगानिस्तानलाई हराउँदै नेपाल सुखद् अन्त्य गर्ने योजनामा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्