काठमाडौं। नेपाल एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पनि पराजित भएको छ। मंगलबार भएको खेलमा अफगानिस्तानसँग नेपाल ८-१ गोल अन्तरले पराजित भएको हो।
अफगानिस्तानका लागि हामिद रिजा होस्नेनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। मोर्टाजा मोहमदीले गोल गर्दै अफगानिस्तानको अग्रता दोब्बर बनाए। अलि अमिरीले गोल गर्दै अफगानिस्तानलाई ३-० को अग्रता दिलाए। अब्दुल गाफरले गोल गर्दै अफगानिस्तानलाई ४-० को अग्रतामा पुर्याए।
रिजा करिमीले पेनाल्टीबाट गोल गरेपछि अफगानिस्तान ५-० ले अघि रह्यो। सायद महदी हसिमीले गोल गरेपछि अफगानिस्तान आधा दर्जन गोलले अघि रह्यो। अब्दुल गाफरले गोल गर्दै अफगानिस्तानलाई ७-० को अग्रता दिलाए। सुमित श्रेष्ठले गोल गर्दै नेपाललाई ७-१ को स्थितिमा ल्याए।
त्यसपछि अब्दुल गाफरले ह्याट्रिक पूरा गर्दै अफगानिस्तानलाई ८-१ को जित दिलाए। आजको हारसँगै नेपाल छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा जित बिहीन बनेको छ।
यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग ११-१ को गोलको फराकिलो हार व्यहोरेको थियो।