
12
Shares
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ। नयाँ वरियतामा नेपालको स्थान यथावत रहेको छ।
आईसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा रहेको छ। यसअघि पनि नेपाल १८ औँ स्थानमा मै थियो।
नेपालले मार्च महिनामा ६ एकदिवसीय खेल खेलेको थियो। जसमा उसले २ मा जित निकाल्दा ४ खेलमा हार व्यहोरेको थियो।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्ड रहेको छ।