नेपाल एसियन कपमा छनोट हुन सक्दैन : प्रशिक्षक अल्मुताइरी

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएका छन्। प्रशिक्षणको पहिलो दिन दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने, ‘हामी निकै बलियो समूहमा छौं। हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं। त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन।’

राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त भएर आएपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याउँछु भन्ने वाचामा आफू सफल भएको उल्लेख गर्दै उनले थपे, एसिया कपमा भने हामी छनोट हुन सक्दैनौं। धेरै अपेक्षा राख्नु उपयुक्त हुँदैन।’ त्यसका वावजुद टोलीले कडा चुनौतीका लागि प्रयास गर्ने बताएका छन्।

प्रशिक्षक अलमुताइरीले केही दिनको प्रशिक्षणपछि टोलीको बन्द प्रशिक्षण कतारमा हुने बताए। कतारमा केहि दिनको प्रशिक्षणपछि टोली कुवेत जाने पनि उनले बताए। एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ। सबै खेल कुवेतमा हुनेछ। नेपालले जेठ २५ गत जोेर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ।

नेपाली टिम

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्