पछिल्लो चौबिस घण्टामा थप १४ जनामा कोरोना पुष्टि

लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा ५५ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९०३ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार शुक्रबार कोरोना कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगको छ।

हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ६४८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार १५८ पुगेको छ। संक्रमितमध्ये ९ लाख ६६ हजार २५९ जना निको भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्