एमसीसी चक्रव्यूहले देशलाई अँध्यारो बनाउने षड्यन्त्र भएको छ : विक्रम पाण्डे

लोकपाटी न्यूज
4 Shares

भरतपुर। राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताएका छन्। भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताएका हुन्।

‘यो साल राष्ट्रवादीहरूको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस्,’ उनले भने, ‘फलानो पार्टी भनेर नलाग्नुस्, देश बचाउन लागौँ।’

एमसीसी चक्रव्यूहले देशलाई अँध्यारो बनाउने षड्यन्त्र भइरहेको बताए। भ्रष्टाचार रहित देश बनाउन जनताले राप्रपालाई रोज्ने बताए। पञ्चायतकलाको ३० वर्षमा खुलेका उद्योग, कलकारखानाहरू कौडिको मूल्यमा बेचेर भ्रष्टाचार भएको बताए।

‘अब देशमै पर्याप्त विद्युत् उत्पादन गर्न नेपालीहरुलेनै हाइड्रोपावरमा लगानी गरौँ,’ उनले भने, ‘विश्वकै हाई टेक उद्योगहरू नेपालमा स्थापना हुनेछन्, रोजगारी सृजना हुनेछन्।’ उनले राप्रपाप्रति जनताको विश्वास बढेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्