तपाईंमा कस्तो परिवर्तन आवश्यक छ ? यसरी थाहापाउनुस्

Girl_Beauty
लोकपाटी न्यूज
6 Shares

‘सोच बदलौं, जिन्दगी बदलौं’ पुस्तकको मुख्य उद्देश्य तपाईंको सोच बदलेर तपाईंलाई यस्तो बनाउनु हो कि फेरी कसैले तपाईंलाई कुनै पनि लक्ष्य प्राप्त गर्नबाट रोक्न नसकोस्। तपाईंले आफ्नो मनोवैज्ञानिक स्तरलाई कति धेरै विकसित गर्नुपर्ने छ भने तपाईं प्रकृतिको अपराजय शक्ति झैँ बन्नु हुनेछ। तपाईं उठ्ने खालको कुनै ज्वार या पुरा धर्तीलाई हल्लाउने जोडदार तुफान झैँ हुनुहुनेछ। -ब्रायन ट्रेसी

सफलताको लागि एक खास बानी : सफलता पाउनको लागि एक खास बानी छ, छिटै उठ्नु। सफल मानिस केही छिटै उठ्छन्, पढेर आफूलाई तयार गर्छन्, योजना बनाउँछन् र कागजमा दर्ता गराएर आफूलाई आउने दिनको लागि तयार गर्छन्। हो, आम मानिसभन्दा पहिला नै काम सुरु गरिदिन्छन्। थोमस जेफरसनले भन्ने गर्थे, ‘सूर्यले कहिल्यै मलाई ओछ्यानमा समाउन सकेन।’ केही वर्ष पहिला मेरो एक सेमिनारमा एक महिलाले मलाई छिटै उठ्दा हुने चमत्कारको बारेमा बताएकी थिइन। उनले बताइन, उनी छिटै सुतेर बिहान चार बजे नै उठ्थिन्। त्यसपछि बिहान सात आठ बजेसम्म आधा दिनको काम बराबर काम गर्ने गर्थिन, आम मानिसको काम सुरुवात हुनु अगावै। धेरै समय बितेको छैन उनी आफ्नो सहकर्मीले भन्दा दुई गुणा काम गरेर दुई गुणा तलब लिन थालिन्। उनलाई लगातार उन्नति मिल्दै गयो र अरूले भन्दा धेरै काम गरेको कारणले धेरै पारिश्रमिक पनि दिइयो।

सफल मानिस छिटै उठ्ने बानी बसाउँछन् सामान्यतया छ या साढे छ बजेसम्म। कयौं पटक योभन्दा पनि पहिला, फेरी तत्काल काम सुरु गरिदिन्छन्। यसले उनीहरूको दिनभरको कामलाई काम सुरु गरिदिन्छन्। यसले उनीहरूको दिनभरको कामलाई जोडदार सहयोग मिल्छ। अर्कोतिर एक औसत व्यक्ति बिहान उठेर काम सुरु गर्नमा नै एकाध घण्टा लगाई दिन्छ। त्यसपछि उ काम गर्नमा पनि इच्छा व्यक्त गर्दैन, लन्चको बारेमा सोचेर या साँझमा अफिसबाट फर्केर के गर्ने भन्दै सोचेर बस्छ। जब तपाईंको अलार्म बज्छ, तब तत्काल उठ्नुस् र सीधा काममा लाग्नुस्। काम सुरु गर्नुस्। छिटै उठ्ने बानी बसाउनुस् र सबैभन्दा पहिला महत्त्वपूर्ण काम सकाउनुस्। यो बानी तपाईंलाई सफलता दिलाउने खालको सबै बानीभन्दा महत्त्वपूर्ण साबित हुनेछ।

आफूलाई अतुलनीय बनाउनुस् : बोका रेटन, फ्लोरिडामा काम गर्ने एक सेक्रेटरीले मेरो एक सेमिनारको समयमा एक रोचक घटना बताए। उनले व्यक्तिगत उपलब्धिमा मेरो एक अडियो प्रोग्राम सुनेका थिए। परिणाम स्वरूप, उनले आफ्नो ताजा कमाई, पन्ध्र सय डलर हर महिना, एक वर्षभित्र दुई गुणा गर्ने फैसला गरे। उनले मलाई भने उनलाई यो विश्वास पनि थिएन, यो सम्भव छ किनकि उ सेक्रेटरीको एक यस्तो समूहमा थिए जहाँ तलब निश्चित थियो। हर कोहीले यही तलब पाउँथे।

तर पनि उनले आफ्नो बोसको लागि धेरै उपयोगी बाटो खोज्न सुरु गरे। उनले पाए आफ्नो सामान्य चिठ्ठी सुल्झाउनमा नै उनी धेरै समय दिन्थे। एक दिन उनले उनको पुरा चिठ्ठी जम्मा गरेर सबैको जवाफ लेखे। त्यसपछि उनले ती पत्र जाँच्न र सुधार गर्नको लागि बोसकोमा लिएर गए। उनको काम देखेर बोस प्रसन्न भए र उनले उनलाई यही काम अरू धेरै गर्न प्रोत्साहित गरे। छिटै उनी आफ्नो बोसको नब्बे प्रतिशत चिठ्ठी सम्हाल्न थाले। बोसले एक दिन यो कुरा महसुस पनि गरे।

मानिसलाई राम्रो सेवा दिनुस् : हर काम समस्या सुल्झाउने र अरूको आवश्यकता पुरा गर्ने एक मौका हो। किनकि मानिसको समस्या र जरुरत असीमित छ, यसैले तपाईंले योग्यता साबित गर्ने मौका पनि खुब पाइरहनु हुन्छ। भाग्यको हर ढोका, मानिसलाई कुनै न कुनै प्रकारले राम्रो सेवा दिने सोचका साथ खुल्छ। लगभग सबै व्यापारी, जो कुनै सफल कम्पनी बनाउँछन्, तिनीहरूले पहिला पनि अरू कुनै कम्पनीमा काम गरिसकेका हुन्छन्, जहाँ उनीहरूले हर समय आफूलाई कम्पनीको लागि धेरै उपयोगी साबित गर्ने तरीका निरन्तर खोजे होलान्।

धन जम्मा गर्नको लागि, जरुरी आधारभूत कुरा हुन्, समय र ज्ञान। तपाईंले आफ्नो जानकारी र ज्ञानलाई निरन्तर बढाई रहनुपर्छ, ताकि तपाईं जुन काम गरिरहनु भएको छ त्यो अरू राम्रो होस। लगभग चार सय वर्षभन्दा पनि पहिला, फ्राँसिस बेकनले भनेका थिए ज्ञान नै शक्ति हो। तर यो अंशतःसही छ जब ज्ञानलाई कुनै राम्रो काममा लगाइन्छ भने तब त्यो शक्ति कहलिन्छ। तपाईंको काम यस्तो ज्ञान प्राप्त गर्नू हो, जसले तपाईंको कामलाई धेरै तेज र राम्रो बताउन सकोस्।

टेक्ससमा एउटा भनाई प्रख्यात छ, ‘एक लडाइमा कुकुरको आकारले कुनै फरक पार्दैन, फरक यो कुराले पार्दछ की कुकुर कति ठूलो लडाइमा फसेको छ, ‘महत्त्वपूर्ण कुरा के हैन भने तपाईंले कति घण्टा काम गर्नुभयो, महत्त्वको कुरा हो, तपाईंले ती घण्टामा काम राम्रो बनाउनको लागि कति समय दिनुभयो। तपाईंको सफलता यो कुरामा निर्भर छ, एक कर्मचारी या एक मालिकको हैसियतले, कम्पनीको मजदुर या कम्पनीको मालिकको हैसियतले तपाईं आफ्नो वर्तमानको कामलाई कम्पनीको लागि कति राम्रो तरिकाले गर्न सक्नुहुन्छ। यसैले तपाईंको कमाई र तपाईंको आर्थिक भविष्यलाई निर्धारित गर्छ।

कामलाई मूल्यवान् बनाउनुस् : आम भाषामा भन्ने हो भने सफल मानिसको उत्पादन क्षमता असफल मानिसको भन्दा धेरै हुन्छ। सफल मानिसको बानी राम्रो हुन्छ। उनीहरू ठुलो सपना देख्छन्। उनीहरू लिखित लक्ष्यका साथ काम गर्छन्। उनीहरू त्यही काम गर्छन् जुन उनीहरूलाई मन पर्छ। र राम्रोभन्दा राम्रो हुनको लागि सत प्रयास गरिरहन्छन्। उनीहरू आफ्नो नैसर्गिक क्षमताको पुरा प्रयोग गर्छन्। उनीहरू कम्पनीको लक्ष्य प्राप्त गर्नको लागि र समस्या सुल्झाउने तौर तरिकामा निरन्तर बिचार मन्थन गरिरहन्छन्। आफ्नो समयको एक मिनटको प्रयोग धेरै परिणामको लागि गर्नमा उनीहरूको पुरा ध्यान केन्द्रित हुन्छ।

यो सबैभन्दा धेरै, उनीहरू आफ्नो कामलाई चाहे त्यो जुनसुकै होस, राम्रो बनाउने मौका आफ्नो चारैतिर खोजी रहन्छन्। उनीहरूमा पूर्वसोचका साथ हर काम छिटो सक्काउने भाव हुन्छ। उनीहरू कामको पुरा समय बस कामनै गर्छन्। उनीहरू उन्नति गर्ने सोचलाई विकसित बनाएर पनि राख्छन्। परिणाम के हुन्छ भने छिटै उनीहरू कस्तो बन्छन् भने उनीहरूलाई रोक्न सक्नु कसैको बसको कुरा हैन।

त्यो महान् वास्तविकता : ‘आफूद्वारा निर्धारित कुनै लक्ष्य प्राप्त गर्नको लागि तपाईं हर त्यो कुरा सिक्न सक्नुहुन्छ, जुन तपाईंले सिक्नु पर्ने हो।’ यो सिद्धान्तले तपाईंलाई एक यस्तो बाटो देखाउने छ जहाँ तपाईं आफ्नो भविष्यमा पुरा गर्न सक्नुहुन्छ। जब म युवा थिएँ र संघर्षमा जुटेको थिएँ, हार र हतासाको समयका यो सिद्धान्तले मेरो जिन्दगी बदलिदियो। आम भाषामा कुरा गर्ने हो भने तपाईंभन्दा धेरै बुद्धिमान कोही छैन र तपाईंभन्दा उत्कृष्ट पनि कोही छैन। कोही तपाईंभन्दा राम्रो स्थितिमा छ। यसको मतलब के हैन भने उ तपाईंभन्दा उत्कृष्ट छ। यसको मतलब केबल यति नै हो, तपाईंको क्षेत्रमा सफल हुनको लागि जरुरी कुरा उसले तपाईंले भन्दा पहिला जानेको छ। जुन अरूले गरेको छ, त्यो तपाईं गर्न सक्नुहुन्छ। यसको कुनै सीमा छैन।

यो नियम सजिलो छैन, हो निश्चित सादगीपूर्ण छ। तपाईं पनि आफूद्वारा, आफ्नो लागि निर्धारित लक्ष्य प्राप्त गर्नका लागि जरुरी कुनै कुरा सिक्न सक्नुहुन्छ। यो सोचलाई एक पटक सिकेपछि, मलाई नोकरी र कहाँसम्म भने कार्यक्षेत्र नै बदल्नमा कुनै डर भएन। मैले सिके विज्ञापन, लगानी, अटोमोबाइल र अफिसको सामाग्री कसरी बेचिन्छ। मैले रियल इस्टेट सेल्स र लीजिंग र रियल इस्टेट डेभलपमेन्टको काम गरे। त्यसपछि मैले आयात, वितरण बैंकिङ, प्रिन्टीङ्ग सम्भाषण, लेखन, रेकडिंग र कर्पोरेट ट्रेनिंगको काम अपनाएँ।

जे जरुरी छ, त्यो सिक्नुस् : हरेक पटक, जब म कुनै नयाँ काममा लाग्थे तब मैले त्यो कामसँग सम्बन्धित हर कुरा सिकेर छिटोभन्दा छिटो लागू गर्ने कोसिस गरे। पहिला, म स्थानीय लाइब्रेरीबाट त्यस बारेको किताब ल्याउने गर्थे। फेरी मैले किताब किनेर आफ्नो लाइब्रेरी बनाएँ। त्यो विषयसँग सम्बन्धित हर सम्भव अडियो क्यासेट किनेर सुने र हर सेमिनारमा उपस्थित भएँ।

जब मेरो उमेर ३१ वर्षको भयो तब मैले पढाईसँगै आफूलाई तयार गरेर एउटा ठूलो युनिभर्सिटीको प्रवेश परीक्षा दिएँ। एक बिजनेस डिग्री प्राप्त गर्नको लागि मैले पढाइमा हजारौं घण्टा लगानी गरेँ। मैले माइक्रो र मेक्रोइको नोमिक्स, स्टेटिस्टिक्स, त्योरी अफ प्रोव्यावलिटी प्रबन्धन, विज्ञान र एकाउन्टिंगको अध्ययन ध्यान पूर्वक गरेँ। मैले मार्केटिंग, म्यानेजमेन्ट, एडमिनिस्ट्रेशन र स्ट्रेटेजिक प्लानिगंको अध्ययन गरे। मैले सिक्ने कला अपनाएँ।

त्यो ठूलो रहस्य : मलाई लाग्यो, म ती मानिस मध्ये एक थिएँ जसलाई के कुरा धेरै ढिलो थाहा भएको थियो भने भविष्य सुमधुर बनाउनको लागि सिक्न जरुरी छ। यो कुरा थाहा पाएर र देखेर मलाई धेरै अचम्म लाग्यो, मेरो वरिपरिका मानिसमा, धेरै कम मानिसले त्यो भनिरहेको थिए, जुन म गरिरहेको थिएँ। उनीहरू मध्ये धेरैजसो मानिस यो स्वीकार गर्थे कि थोरोको शब्दमा, ‘उनीहरू धेरै हताशामा भरिएको जीवन बाचिरहेका थिए।’ उनीहरू यस्तो काम गरिरहेका थिए जुन उनीहरूलाई मन पर्दैनथ्यो, आफ्नो योग्यताभन्दा कम तलब पाइरहेका थिए, यस्तो नातामा अल्झेका थिए जुन उनीहरूलाई मन परिरहेको थिएन र यस्तो जिन्दगी बाँचिरहेका थिए। जहाँ उनीहरूलाई अलिकति पनि सन्तोष थिएन। मैले हर सबैलाई बताउने कोसिस गरे, बाहिर निस्कनको लागि उनीहरूले उठ्नुपर्ने छ। मैले हरू त्यो मानिसलाई, जुन सुन्न चाहन्थे बताएँ। उनीहरू आफूद्वारा निश्चित गरिरहेको कुनै पनि लक्ष्य प्राप्त गर्नको लागि जरुरी कुनै पनि काम सिक्न सक्छन्। यसको कुनै समय सीमा थिएन। तर सायद धेरै कम मानिसले मेरो कुरा सुने।

तपाईं जिम्मेदार हुनु हुन्छ : मेरो जिन्दगीमा पहिलो ठूलो बदलाव तब आयो, जब मलाई के कुराको अनुभूति भयो भने म आफ्नो लागि निर्धारित कुनै पनि लक्ष्य प्राप्त गर्नको लागि जरुरी कुनै पनि कुरा सिक्न सक्छु। दोस्रो ठूलो सफलता तब मिल्यो जब मलाई के अनुभव भयो भने आफ्नो लागि अरू केही नगर्ने वाला। यदि म कुनै कुरा चाहन्छु भने यो ममा नै निर्भर छ कि म त्यो प्राप्त गर्नको लागि जे जरुरी हुन्छ त्यो गरुँ। यदि मेरो कुनै समस्या या बाध्यता छ भने यो ममा नै निर्भर छ, त्यसलाई समाधान गरौं। म आफैमा निर्भर छु।

आफ्नो जिन्दगीको लागि निजी जिम्मेदारी स्वीकार गर्नु नै बाल्यकाल देखि परिपक्वताका ठूलो पाइला राख्नु हो। यो फैसलाद्वारा पहिला, मानिस आफ्नो समस्याको लागि अरूको आलोचना, गुनासो गरेर उनीहरूलाई नै जिम्मेदार ठहर्‍याउँछ। यो फैसलापछि उनीहरू आफैँलाई आफ्नो जिन्दगीको लागि जिम्मेदार सबैभन्दा महत्त्वपूर्ण शक्तिको रूपमा हेर्न थाल्छन्। आफ्नो जिन्दगीको पूर्ण जिम्मेवारी स्वीकार गर्नुभन्दा पहिला तपाईं आफूलाई परिस्थितिको शिकार मान्नु हुन्छ। यदि, तपाईं आफूलाई एक विजेताको रूपमा हेर्न थाल्नु हुन्छ।

सबैको कारण दिमाग नै हो : मेरो जिन्दगीको तेस्रो ठूलो मोड त्यो समयमा आयो जब मैले थाहा पाएँ, सबै कुराको कारण दिमाग हो। आफ्नो भौतिक जगतमा तपाईं जे पनि बन्न सक्नुहुन्छ, यसको सुरुवात कुनै बिचारबाटै हुन्छ यदि तपाईंले बाहिर कुनै परिवर्तन ल्याउनु छ भने पहिला तपाईंले आफूभित्र परिवर्तन ल्याउनु पर्छ। यो मेरो लागि सबैभन्दा ठूलो खोज थियो।

तपाई बिचारको अनवरत प्रवाह र आफ्नो दिमागमा रहेको छविको माध्यमले आफ्नो दुनियाँ निर्माण गर्नु हुन्छ। आफ्नो दिमागको वर्तमान बिचारबाटै तपाईं आफ्नो भविष्य निर्धारण गर्नुहुन्छ। तपाईंको वरिपरिको कुराको, त्यो बाहेक अरू कुनै पनि अर्थ छैन, जुन तपाईंको योसँग जोडिएको भावना र सोचको कारण हो। शेक्सपियरले हेमलेटमा भनेका पनि छन्, ‘कुनै पनि कुरा राम्रो या नराम्रो हुँदैन, तर विचारले त्यसलाई त्यस्तो बनाई दिन्छ।’

धारणाको नियम : याद राख्नुस्, तपाईंको जे धारणा हुन्छ, भावनासँग, तपाईंको लागि वास्तविकता बन्छ। जति तपाईंको धारणा बलियो हुन्छ, त्यति नै तपाईंको भावना जोडिने छ, त्यसको तपाईंको व्यवहार र तपाईंको जीवनमा घट्ने हर कुरामा त्यति नै धेरै प्रभाव पर्ने छ। यदि तपाईंको यही धारणा छ, तपाईंले सफल हुनु नै छे र चाहे जे होस्, तपाईं यसमा अटल रहनु हुनेछ। तब दुनियाँमा कुनै यस्तो कुरा छैन, जसले तपाईंलाई जोडदार सफलता प्राप्त गर्नबाट रोक्न सकोस्।

यदि तपाईंलाई विश्वास छ कि तपाईं धेरै योग्यता भएको एक राम्रो मानिस हो र तपाईं जिन्दगीमा केही खास गरेर जानु हुनेछ। तब तपाईंको हर काममा यसको झलक देखिनेछ र अन्ततः यही तपाईंको वास्तविकता बन्छ। तपाईंको आफूप्रति सबैभन्दा ठूलो जिम्मेदारी यही तपाईंको वास्तविकता बन्छ। तपाईंको आफूप्रति सबैभन्दा ठूलो जिम्मेदारी यही हो कि तपाईं आफूभित्रको धारणा बदल्नुस्। ताकी यसले तपाईंको आशा र बाहिरी दुनियाँको आकाँक्षासँग मेल खाओस्।

तपाईं आफ्नो काम देखेर थाहा पाउन सक्नुहुन्छ कि तपाइको धारणा के हो। तपाईंको साँचो जीवन मूल्यको दर्शन तपाईंको काममा हुन्छ। तपाईं बाहिरी दुनियाँमा यस्तै व्यवहार गर्नु हुन्छ, जस्तो तपाईंभित्रै देखि हुनुहुन्छ र जे तपाईं मनैदेखि स्वीकार गर्नुहुन्छ। आफ्नो वास्तविक धारणा थाहा पाउने सबैभन्दा राम्रो तरीका हो, रिस, विचलित हुने या दबाबको क्षणमा आफ्नो व्यवहार हेर्नुस्। यही समय हुन्छ जब त्यो बाहिर आउँछ। टेरेंस लेख्छन्, ‘परिस्थितिले कुनै मानिस बनाउँदैन, त्यसले मानिसलाई आफैसँग परिचित गराउँछ।’ (अरूलाई पनि !)

परिवर्तनको नियमको प्रयोग गरेर, तपाईं आफूभित्र ती मूल्य, धारणा र गुणको विकास गर्न सक्नुहुन्छ जुन तपाईं धेरै चाहनु हुन्छ। तपाईं परिस्थितिको आवश्यकता अनुसार, यस्तो व्यवहार गर्न सुरु गर्नुस्। मानौं तपाइसँग यो सब पहिला देखि नै छ। साहस विकसित गर्नको लागि साहसिक काम गर्न चाहे तपाईंलाई भित्रैदेखि डर लागिरहेको होस्। विश्वसनीयता विकसित गर्नको लागि पुरा इमान्दारीका साथ बोल्नुस् र काम गर्नुस्, चाहे तपाईंलाई लागिरहेको होस्, तपाई साँचो बोलिरहनु भएको छ या सजिलो बाटो अपनाइरहनु भएको छ। छिटै तपाईंको धारणा, तपाईंको व्यवहार देखिन थाल्ने छ र तपाईंको व्यवहारबाट तपाईंको धारणा थाहा हुनेछ।

आफैसँग सकारात्मक आशा : सफल, खुसी मानिस लगातार आफ्नो बारेमा सकारात्मक आशाको व्यवहार बनाई राख्छन्। उनीहरू सुरुदेखि नै सफल हुने सोच राख्दछन् र यसैले कहिले काहीँ निराश हुन्छन्। उनीहरू घाटाभन्दा धेरै विक्रीबाट कमाउँछन्। उनीहरू हर अनुभवबाट केही न केही मूल्यवान् सिक्छन्। उनीहरू आखिर आफ्नो लक्ष्य प्राप्त गर्ने आशा राख्छन् र उनीहरू हर प्रकारले ती लक्ष्य प्राप्त गर्नको लागि आफ्नो दिलो दिमागको ढोका हर समय खुला राख्दछन्।

भविष्यको बारेमा अनुमान लगाउने सबैभन्दा राम्रो तरिका त्यसको निर्माणमा आफ्नो सकारात्मक या नकारात्मक सोचबाटै गर्छन्। यदि तपाईं हर परिस्थितिको सामना, त्योबाट केही सिक्नको लागि गर्नुहुन्छ भने तपाईं उन्नति गरेर आफ्नो लक्ष्यतिर बढ्न जारी राख्नुहुन्छ। तपाईं एक खुसी, आशावादी मानिस बन्नु हुनेछ। यस्तो मानिस, जसलाई मानिस आफूसँग राख्न र उसको मदत गर्न चाहन्छन्।

आकर्षकको नियम : आकर्षणको नियम, कयौं मानिसको बिचारमा सफलता र असफलता दुवैको रूपमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यो नियमले भन्छ, तपाईं ‘एक जीवन्त चुम्बक हो’ र तपाईं आखिर कार मानिस र आफ्नो जिन्दगीको परिस्थितिलाई आफ्नो वंशमा गर्नुहुन्छ। तपाईं त्यसको साथमा आफ्नो दमदार बिचारको माध्यमले तालमेल बसाउनु हुन्छ, खासगरी ती विचारसँग जसमा तपाईं भावनात्मक रूपमा जोडिनु भएको हुन्छ। यो नियम या प्रकृतिको शक्तिको कारणले हो, तपाईं मनमनै मनपर्ने कुराको बारेमा जति धेरै सोच्नु हुन्छ, त्यति त्यो प्राप्त गर्ने विषयमा उत्साहित रहनुहुन्छ। तपाईं धेरै उत्साहित र दृढ हुनु हुनेछ, तपाईं त्यो लक्ष्यलाई आफ्नो जिन्दगी तिर ठीक त्यसरी नै आकर्षित गर्नु हुनेछ, जसरी कुनै चुम्बकले फलामको बस्तु आफूतिर तान्छ।

  • प्रस्तुति : मिलन आफन्त
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्