कक्षा १२ को परीक्षाको समय परिवर्तन

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ। यसअघि दिउँसो ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने भनिएको भएपनि उक्त समय परिर्वतन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने बताइएको छ।

आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी उक्त जानकारी दिइएको हो। बोर्डले जेठ १६ गतेदेखि हुने परीक्षा ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने गरी चैत ५ र ६ गते नै सूचना प्रकाशन गरेको थियो।

तर, उक्त समय उपयुक्त नभएको भन्दै समय परिवर्तन गरिदिन बोर्डमा गुनासा आउन थाले पछि बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको बताईको छ। आगामी जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा हुँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्