भक्तराज आचार्य राष्ट्रिय संगीतबाट सुनाम र थापा सम्मानित

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान, २०७८ वरिष्ठ संगितकार तथा वाद्यवादक शुभ बहादुर सुनाम र वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गरिएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गरे ।

त्यसैगरी कार्यक्रममा सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान वाद्यवादक रुपेश सिंहलाई प्रदान गरियो ।

सम्मान ग्रहण गर्दै संगीतकार सुनामले राजनीतिकरण नभएको शुद्ध सांगितिक पुरस्कार पाउँदा आफूलाई खुसी लागेको बताए । गायिका थापाले सम्मान कार्यक्रमको निरन्तरताको शुभकामना दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्