टिकटक प्रतियोगिता गर्दै निर्वाचन आयोग : विजेतालाई ५० हजार पुरस्कार

local_election
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै टिकटक प्रतियोगिता गरेको छ। एक सूचना प्रकाशित गर्दै आयोगले यही वैशाख ३० गते हुन गइरहेको निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्तो प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो।

आयोगले तयार पारेका विभिन्न सन्देशमूलक भिडिओहरूमा प्रतियोगीले टिकटक बनाउन सक्नेछन्। आयोगको ट्वीटर, भाइबर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमा यस्ता भिडिओ अपलोड भएका छन्।

प्रतियोगीले यस्ता भिडिओलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेसम्म फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालमा शेयर गर्नपर्ने जनाइएको छ।

सो भिडिओमा ५० लाख वा त्योभन्दा बढी भ्युज र्पुयाउने एकले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युज र्पुयाउने एकले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युज र्पुयाउने एकले २० हजार रुपैयाँ पुरस्कार जित्नसक्ने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्