‘निर्वाचन दलहरूको खेलौना र शक्ति प्रदर्शन गर्ने ठाउँ मात्र’

Anil rayemajhi
लोकपाटी न्यूज
11 Shares

-अनिल रायमाझी

निर्वाचन लोकतन्त्रको एक महत्त्वपूर्ण प्रक्रिया हो। जुन प्रक्रियाले लोकतन्त्रको प्रत्याभूति गराउँछ। चुनावद्वारा जनताले आफ्नो प्रतिनिधिहरूलाई चुन्छन्। चुनावको अर्थ नै चयन गर्नु, रोज्नु हो। तर, हाम्रो पर पार्टीमा मन परेको प्रतिनिधिलाई नेपाली नागरिकले स्वतन्त्र भएर छान्न वा चुन्न पाएका छन् त रु यो गम्भीर प्रश्न हो। चुनाव त खास गरी नागरिक समाजमा चर्चाको विषय, आकर्षणको विषय हुनु पर्ने हो तर नेता, कार्यकर्ता हुँदै दलभित्र यो बढी चासोको विषय बन्दै छ। चुनाव भनेको दलहरूको अग्नि परीक्षा हो। यो घडीमा नेता नेतृत्वको मन मस्तिष्कमा डर पैदा हुनु पर्ने हो। तर यहाँ त्यस्तो देखिएन। चुनावलाई चाड पर्व सरह मनाइहेका छन्। चुनाव, चुनाव जस्तो हुन सकेको छैन। यस्तै प्रवृत्ति र परिपाटीको निरन्तरता हुँदै गए एक दिन चुनावको मर्म र अस्तित्व नै खतरामा हुनेछ।

चुनावलाई दलहरूले शक्ति प्रदर्शन गर्ने ठाउँको रूपमा रूपान्तरण गरिदिए। यहाँ एक अर्काको शक्तिको नापतौल हुन्छ। मनी र मसलको  (Money/Muscle)  प्रयोग हुन्छ। जसको शक्ति उसकै भक्ति भनेरै चुनाव दलहरूको शक्ति प्रदर्शन गर्ने रणभूमि बनेको छ। मैले यस्तो किन भनिरहेको छु भन्दा ,चुनावको नतिजा कस्तो आउने, कसले जित्ने भन्ने कुरा त सत–प्रतिशत नेपाली नागरिकको हातमा हुन्छ। तर, चुनावको नतिजा आफ्नै गोजीबाट झिक्ने प्रक्रिया झैँ दलहरू एक अर्कामा झम्टिरहेका छन्।

एउटा दलको अध्यक्षले चुनावको पूर्व सन्ध्यामा कुनै दललाई १३ सिटमा झारिदिन्छौ,झार्न पर्छ भन्दै ठोकुवा गरेको अभिव्यक्तिहरू हामीले सुन्न पायौं। कसलाई कति सिटमा झार्ने हो त्यो अधिकार त नागरिकमा छ। प्रतिस्पर्धी दलले झार्ने हो र रु त्यति मात्र हैन चुनावको मिति घोषणा भएदेखि दलहरू बिच क्रिया–प्रतिक्रिया मात्र चलिरहेको छ।नेपाली काँग्रेस र नेकपा एमाले बिच घोषणा पत्रको विषयमा प्रतिस्पर्धा,भनाभन,आरोप प्रत्यारोप चल्यो। यी नै दलबिच देश कसरी बनाउने,जनतालाई सम्पन्न कसरी बनाउने भन्ने मुद्दामा कहिले प्रतिस्पर्धा भएको छ रु भना भन भएको छ रु कहिल्यै पनि भएको छैन। नेपाली काँग्रेस र एमालेको मात्र कुरा हैन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन्‘ चुनाव हाम्रो लागि जीवन मरण जस्तै हो, जसरी पनि जित्नु पर्छ जित्नुको विकल्प छैन।’

जसरी पनि जित्नु पर्छ भन्नुको तात्पर्य के हो स्पष्ट छ। “भरतपुरमा माओवादीलाई भोट नहाले देश दुर्घटनामा जान सक्छ“ भन्छन् यो धम्की हो या सतर्कता हो बुझ्न सकिएन। घोडा मुनि हाने हुन्छ, फरक पर्दैन ,ठोक्ने हो ,जसरी पनि जित्ने हो भन्दै पार्टीका नेता कार्यकर्ता सार्वजनिक रूपमा बोल्दै हिँड्छन्। यो के हो तरु यसले समाजमा र राष्ट्रिय राजनीतिमा कस्तो छाप छोड्छ रु सोच्नु पर्दैन रु स्थानीय तहका सबै पदमा काँग्रेस फÞफर्स्ट पार्टी बन्छ भन्दै छन् काँग्रेसी नेताहरू। उता एमालेले पाँचै दललाई कर्‍याककुरुक पार्छ भन्दै छ। यस्ता अभिव्यक्तिहरूको अर्थ के रु अर्थ स्पष्ट छ, चुनावलाई दलहरूले शक्ति प्रदर्शन गर्ने ,कुस्ती खेल्ने ठाउँमा परिणत गर्दै छन्। जनता र भोट त बहाना मात्र हो। यहाँ अभिव्यक्ति मात्र हैन नेताहरूले प्रयोग गर्ने शब्दावली र शैली नै आपत्तिजनक छ।

काठमाडौँ महानगरपालिकाको मेयर प्रत्याशी एमाले नेता केशव स्थापितको शैली र शब्दावलीकै कारण उनी विवादित बन्दै छन्। नेताहरूमा अनुशासन शून्य छ। जे बोले पनि हुन्छ,जस्तो बोले पनि हुन्छ भन्ने मनस्थिति पालेर आफूलाई प्रस्तुत गर्छन्। पार्टीले यस विषयमा स्पष्टीकरण पनि माग्दैन कारबाही त परको कुरा बरु उल्टै स्याबासी दिन्छ। प्रतिस्पर्धीमाथि गरिने व्यवहार र प्रयोग गरिने शब्द घोर अराजनीतिक, अपरिपक्व र सामन्ती समाजको पितृ सत्ता सोचको पराकाष्ठा हो। हरेक पार्टीले, विपक्षविरुद्ध खनिने, क्रिया प्रतिक्रिया दिने कुरा प्रति त हरेक कार्यकर्तालाई सुरुवात देखिनै प्रशिक्षण दिने रहेछन्। यहाँ अनुशासन,आचारसंहिता,शिष्टाचार सिकाइँदैन। नेपालको राजनीतिक अभ्यास नै गिर्दै गएको स्पष्ट छ। यही प्रवृत्तिले गर्दा विभिन्न ठाउँमा पार्टीका कार्यकर्ताहरू बिच झडप हुन्छ, चुनावी हिंसा हुन्छ र भइरहेको छ। घर परिवारमा फाटो ल्याएको छ। यो सबै कुराको जिम्मा दलहरूले लिनु पर्दैन रु यसबारे को बोल्ने ?

अब दलहरू चुनावको मुखमा क्रिया–प्रतिक्रिया किन गर्छन्, किन जिउछाड्छन भन्ने कुरा गरौँ। कार्यकर्ताबिना दल चल्दैन। आस्थावान् र पार्टीप्रति गहिरो विश्वास भएको कार्यकर्ता छ भने वा पार्टीप्रति अन्धभक्त छ भने जुनै अवस्थामा पनि उसले पार्टीको बचाउ र नेताको बचाउ गर्छ। पार्टीलाई र नेतालाई माथि चढाउन उसले राम्रो कसरत गर्छ। हो यस्तै कार्यकर्ताले मात्र नागरिकको ध्यान भड्काउन सक्छन्। यो कुरा दलको नेतालाई परिसकेपछि कार्यकर्ता र समर्थकको मनोबल बढाउन मनोविज्ञानमा प्रहार गर्छन्। जब माथिल्लो तहको नेताले सिद्धान्त नमिल्ने विपक्ष पार्टीको आलोचना गर्छन्। तब कार्यकर्ताको मस्तिष्कमा उतिकै घृणा पैदा हुन्छ र उ आफ्नो पार्टीसँग झनै गहिराइमा जोडिन्छ। यसको प्रत्यक्ष लाभ दलका शीर्ष स्तरका नेताले लिन्छन्।

क्रिया प्रतिक्रिया, आरोप प्रत्यारोप सबै कुरा झुट हुन्। सत्य होइन। यो नाटक हो, नौँटकी हो। यो राजनीतिक स्टन्ट मात्र हो। यो प्रवृत्तिले नेपाली नागरिकको मनोविज्ञानमा भ्रम छर्ने काम गर्छ। ध्यान भड्काउने र खिच्ने काम गर्छ। भनिन्छ नि झुट पनि हजार पटक दोहोर्‍याउन सत्य हुन्छ। हो यसै गरी उनीहरू एक अर्काको बारे नराम्रो टिप्पणी गरेर आफ्नो सपना यसरी बाँड्छन् कि झुटलाई पनि सत्यमा परिणत गर्न खोज्छन्। नेपाली नागरिकको मनोविज्ञानलाई समेत छाडेनन्। भौतिक शक्ति प्रदर्शन त छदै छ। जुन जुन दल एक अर्कामा आरोप प्रत्यारोप गरिरहेका छन् चुनाव पछि जनताको पसिना लुट्ने बेला फेरी एक जुट हुन्छन्। दलका नेतामा पार्टीको सिद्धान्तप्रति आस्था कम ,व्यक्तिगत पदप्रति स्वार्थ बढी हुन्छ। मनि र मसलले काम गर्न छाडेपछि चुनावमा मानिसको मनोविज्ञानमा प्रहार गरिन्छ।

त्यस कारण अहिलेका नेताहरूमा न त अनुशासन छ ,न त नैतिकता,न त कुनै शिष्टाचार छ,न त कुनै राजनीतिक संस्कार। चुनाव भ्रष्टाचारको मुख्य स्रोत बन्दै छ। यो कुरालाई अब नेपाली नागरिकले बुझेर, चेतनशील भएर मात्र मत दिनु पर्ने हुन्छ। चुनावलाई दलहरूको खेलौना हुनुबाट रोक्नु पर्छ। विकाश गर्ने इच्छाशक्ति भएका व्यक्तिलाई जिताउनु पर्छ। कस्तो व्यक्ति उठेका छन् बुझ्नु पर्छ। निर्वाचनमा असल व्यक्तिलाई रोजेर भ्रष्टाचारी, देशद्रोही, खराब व्यक्तिलाई निर्वासित गर्ने समय आएको छ। निडर भएर,लोभ लालचबाट माथि उठेर व्यक्ति चुन्ने समय आयो। अनि मात्र चुनावको मर्यादा र लोकतन्त्रको अस्तित्व बाँच्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्