केजीएफका अभिनेता मोहन जुनेजाको ५४ वर्षको उमेरमा निधन

लोकपाटी न्यूज
0 Shares

एजेन्सी । साउथ फिल्म उद्योगका चर्चित हास्य कलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।

लामो समयदेखि रोगसँग लडिरहेका मोहनले उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा अन्तिम सास लिएका थिए । मोहनको निधनमा फ्यानसहित धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर शोक व्यक्त गरेका छन् ।

मोहन जुनेजाले आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए । आफ्नो करियरमा मोहनले तमिल, तेलुगु, मलयालम र हिन्दीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरे। उनी KGF-२ र KGF-१   जस्ता सुपरहिट फिल्महरूमा पनि देखापरेका थिए। फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको भूमिका निभाएका थिए ।

मोहनले दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार र चन्दन जस्ता धेरै स्टारहरूसँग पनि काम गरे। उनले ‘चेतला’बाट ठुलो ब्रेक पाएका छन् । उनले सन् २००८ मा कन्नड फिल्म ‘संगमा’ बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए । उनी विशेष गरी कन्नड चलचित्रका लागि परिचित छन् ।