अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

pahiro nag mug
फाइल फोटो
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझदेखि सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान साढे ५ बजेबाट सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक खण्ड बिहान सवा ४ बजे अबरुद्ध हटेको थियो। तर, ५ बजे पुनः पहिरोको सानो ढिस्को खसेर बाटो अवरोध भएको थियो।

उक्त माटोको ढिस्को पन्छाएर साँढे ५ बजेबाट बाटो खुलेको भएको प्रहरीले जनाएको छ। पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्