१३ औं सागकी गोल्डमेडलिस्ट चौधरी मृत भेटिइन्

sanju
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी भारत्तोलनकी खेलाडी सञ्जु चौधरी मृत अवस्थानमा फेला परेकी छन्। ललितपुरको महालक्ष्मीस्थानस्थित आफू भाडामा बस्दै गरेको घरमा उनी मृत झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

२४ वर्षीया चौधरी एक्लै बस्दै आएकी थिइन्। घरबेटीले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए। हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान हुँदै गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धि विक्रम शाहले जानकारी दिए।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्