काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३४ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १८५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८० हजार १४२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।