सेयर बजारमा छलाङ, ८ कम्पनीको सेयरमा सर्किट ब्रेक

share_market
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबारको कारोबारमा उल्लेख्य सुधार भएको छ। साताको चौथो कारोबारमा सेयर बजार ५६.०६ अंकले बढेको हो। निरन्तर ओरालो लागेको बजार यस साताको पहिलो कारोबार देखिनै सुधार देखिएको छ।

५६ अंकले बजार बढ्दा बजार मापक परिसूचक २३६९.०६ अंकमा उक्लिएको छ। बुधबारको कारोबारमा सेयर बजार मापक परिसूचक २.४२ प्रतिशतले बढेको छ भने ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापक परिसूचक ९.५२ अंकले बढेर ४५६.६६ अंकमा उक्लिएको छ।

आज कारोबार भएका २ सय २९ कम्पनीहरू १ सय ९२ ओटा कम्पनीको सेयर उकालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बजार बढ्दा बुधबारको कारोबारमा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिनको कारोबारमा १ अर्ब ३९ करोडको कारोबार भएको बजारमा आज २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रूपैयाँ बराबरको ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर ३७ हजार ७ सय ७० पटक कारोबार भएको छ।

५६ अंकले परिसूचक बढ्दा ८ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ। नेशनल हाइड्रो, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, राँधि विद्युत, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावरको सेयर मूल्य सर्किट ब्रेकर लागेको छ। आजको कारोबारमा उप-समूहहरूमा सबै समूहको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्