विद्यालयमा अब ३० दिन मात्रै वार्षिक बिदा

school_girl
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। सरकारी विद्यालयमा अब ३० दिन मात्रै वार्षिक बिदा हुने भएको छ। शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरूलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो।

यसअघि सरकारी विद्यालयहरूमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो। अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ।

शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेको हो। बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्