थप २१ जनामा कोरोना, १६ संक्रमणमुक्त

लोकपाटी न्यूज
0 Shares

काठमाडौँ । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्