बिकिनीमा जन्मदिन मनाउँदा आमिर खानकी छोरीलाई गालीको ओइरो

लोकपाटी न्यूज
0 Shares

काठमाडौं – बलिउड अभिनेता आमिर खानकी छोरी आइरा खान पनि बेलाबेलामा चर्चामा आइरहने गर्छिन् । सामाजिक सञ्जालमा सक्रिय रहेकी आइराले आफूले गरेका धेरैजसो क्रियाकलाप शेयर गरिरहने गछिन् ।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्बिरको आलोचना भइरहेको छ । उनले इन्स्टाग्राममा आफूले जन्मदिन बनाएका तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा परिवार र नजिकका साथीहरु पनि छिन् । एक तस्बिरमा उनी बिकिनीमा केक काटेको देखिएको छ ।

उनका तस्बिरहरु हेर्दा स्वीमिङ गर्दागर्दै जन्मदिन मनाएको अनुमान लगाउन सकिन्छ । जन्मदिनको केक काट्दै गर्दा आमिर, आजाद र रिना पनि छन् ।

उनले शेयर गरेको तस्बिरमा केट काट्नुभन्दा अघि ड्रेस चेन्ज नगरेको भन्दै संस्कार नभएको भन्दै गाली गरेका छन् । कुनैले बलिउडकाहरुले नै संस्कृति खराब गरिरहेको भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्