दाङ। नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो। पार्टीका एक नेताका अनुसार आफ्नो घर सुर्खेत जाँदै गरेका बास्तोला भालुबाङमा पक्राउ गरेका हुन्।
उनी शुक्रबार कोहलपुरमा पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको थियो। स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ।
तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए।