पूर्व सांसदसहित पाँच जना नेपाली कांग्रेसबाट निष्कासित

bhim pic
लोकपाटी न्यूज
5 Shares

चितवन। नेपाली कांग्रेस चितवनले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई कारबाही गरेको छ। गठबन्धनबाट चितवनको प्रमुखमा माओवादी केन्द्रलाई लिएपछि त्यसको विरोधमा लागेपछि कांग्रेसले कारबाही स्वरूप निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशिल सदस्य डा. केवश पौडेल रहेका छन्।

स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले उनीहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो।

कांग्रेसले यसअघि नै भरतपुर महानगरमा गठबन्धनविरुद्ध बागी उम्मेद्वार दिएका जगन्नाथ पौडेल र उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई कारबाही गरेको थियो।

नेपाली कांग्रेसले गठबन्धनविरुद्ध उभिएको भन्दै धमाधम आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्दै आएको छ।

lllllllllllll