एमाले नेता रानाले शिक्षक भर्नाका लागि २ लाख रकम लिएको अडियो बाहिरियो

rana
लोकपाटी न्यूज
7 Shares

कञ्चनपुर। नेकपा एमाले लाल झाडीका नेता एवं भानु मावि कुञ्जका अध्यक्ष प्रकाश रानाले गाउँमा थारु समुदायका बेरोजगार युवाबाट मोटो रकम असुलेको तथ्य बाहिरिएको छ। एमालेबाट गाउँपालिका प्रमुखका उम्मेदवार निर्मल रानाका भतिजा समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशले गाउँमा रहेका थारु समुदायका बेरोजगार युवाहरूबाट शिक्षक भर्नाका लागि लाखौँ रकम असुल्ने गरेको एक अडियो बाहिरिएको हो।

भानु माविका अध्यक्ष समेत रहेका प्रकाशले रकम असुल्दै शिक्षक भर्ना गरेको पाइन्छ। आफूलाई राना थारु समुदायको हित गर्ने सच्चा एमाले कम्युनिस्टको घुर्की लगाउने प्रकाशले थारु समुदायकै युवाबाट चर्को रकम असुलेर थारु युवाको शोषण गरेको नेताहरूको भनाई छ।

शिक्षक ओम प्रकाश राना र नेपाल एकीकृत समाजवादी लाल झाडी गाउँपालिका सह इन्चार्ज अमर रानाबिच भएको अडियो अनुसार प्रकाश रानाले ओम प्रकाश रानासँग २ लाख र बल्मीमा सियाराम रानासँग १लाख लिएर शिक्षक भर्ना गरेको खुलेको छ।

समाजवादीका सह इन्चार्ज अमरले शिक्षक ओम प्रकाशलाई कति पैसा लियो, भन्दा २ लाख दिएको भनेका छन्, ओहो यत्रो पैसा किन रु मानेन, त्यहाँ दुई आफूमाथि कडा प्रतिस्पर्धी थिए, त्यसमा पनि पहाडी समुदायका कहिकतै हेडसरले उनीहरूलाई नै बनाउँछन्। की भनेर चिन्ता र अध्यक्ष प्रकाश त खाने वाला नै हो।भनेर बोलेका छन्। आफूलाई डर लागेकैले पैसा दिएको बताएका छन्।

अमरले अडियोमा भनेका छन्,  ‘यो विषय सुनेर दुख लाग्यो, यस विषयमा पार्टीका नेताहरूसँग छलफल गर्छु भन्दा ओम प्रकाशले मलाई असर पर्ने हो, हुन दिनुहोस् जे भयो भयो, भन्दै कहिकतै नभन्नु भनेका छन्। अमरले हेडसरसँग यस विषयमा कुरा उठाएको तर, नाम नभनेको बताएका छन्। बल्ली मा पनि प्रकाशले एनएस पन्तकी बुढीसँग च्यानल मिलाएर ल्याएको त्यहाँ पनि एक लाख रुपैयाँ असुलेको उल्लेख गरेका छन्। गाउँकै राना थारु समुदायको उत्थानका लागि उनै प्रकाश राना आफ्नै काका निर्मल रानालाई जिताउनुहोस्, भन्दै लागेका छन्। बुधवार लाल झाडी गाउँपालिका १ का वडाध्यक्ष दिनेश रानामाथि सांघातिक हमला गरेका प्रकाशको अडियो बाहिरिएसँगै स्थानीयले आफ्नै राना थारुका छोरामाथि शोषण भएको भन्दै प्रकाश विरुद्धमा उत्रिएका छन्। भानु माविका प्रअ वेद प्रकाश उपाध्याय एमाले निकट शिक्षक सङ्गठन कञ्चनपुरका अध्यक्ष हुन्। यसरी शिक्षक भर्नामा दुई दुई लाख असुल्नेदेखि अब्बल प्रतिस्पर्धीलाई पन्छ्याउँदै पैसा खाएर शिक्षक भर्ना प्रकरण विरुद्धमा स्थानीयले अख्तियार गुहार गरेका छन्।

यत्रो घुस काण्डको अडियो बाहिरिँदा समेत अख्तियार चुपचाप लागेको भन्दै स्थानीय विरोधमा छन्। पैसा लिएर शिक्षक भर्ना गरेको अडियो बारे भानु माविमा प्रअ वेद प्रकाश उपाध्याय र अध्यक्ष प्रकाश रानासँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। तर यस विषयमा सम्बन्धित विद्यालयबाट छानबिनको लागि स्थानीले माग अघि सारेका छन्। प्रअ उपाध्याय र अध्यक्ष रानालाई चुनावका बेला बदनाम गराउन खोजिएको हो, वा साँच्चिकै लाखौँ पैसा लिएर शिक्षक भर्ना गरेका विषयमा सत्य तथ्य छानबिन गरेर दोषी उपर कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन्।