घरपझोङ गाउँपालिकाको अध्यक्षमा दुई मतान्तरले कांग्रेस विजयी

Nepali congress chunab
लोकपाटी न्यूज
2 Shares

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्।

कांग्रेसका अध्यक्ष उमेदवार मोहनसिंह लालचन नेकपा (एमाले)का सञ्जकुमार थकालीलाई दुई मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। जिल्ला निर्वाचन अधिकारी मदन अर्यालका अनुसार विजयी लालचनले ७६० मत प्राप्त गर्दा दोस्रो भएका थकालीले ७५८ मत पाए ।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ। कांग्रेसकी जमुना थापामगरले ६९३ मत प्राप्त गर्दा एमालेकी उमेदवार मीमकुमारी शेरचनले ६१८ मत पाइन्। राप्रपाकी कमला शेरचन १८४ मत पाउँदै तेस्रो भइन्।

वडातर्फ घरपझोङ–३ मा एमाले विजयी भएको छ। एमालेका वडाध्यक्षका उमेदवार पालेन्द्रप्रसाद थकालीले २०५ मत प्राप्त गर्दा कांग्रेसका सुरेन्द्र थकालीले १४१ मत पाए।

वडा नम्बर–४ मा कांग्रेसका यामप्रसाद थकाली २०४ मतका साथ विजयी हुँदा एमलोका विशन थकालीले १६५ र राप्रपाका अजित थकालीले ६ मत प्राप्त गरे। यसअघि, घरपझोङ–१, २ र ५ मा भने जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन्।