काठमाडौं महानगरको मतगणना सुरु

matpetika-ktm pic
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। काठमाडौं महानगरको मतगणना सुरु भएको छ। सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु भएको हो। सुरुमा मतगणनाका लागि वडा नम्बर १ बाट र वडा नम्बर ३२ का बाकस खोलिएको छ। स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।

काठमाडौँ महानगरका १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो। ३ लाख २४२ मतदाता छन्। शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।