स्याङ्जाको हरिनास-१ मा काँग्रेसका गुरुङ विजयी

congress
लोकपाटी न्यूज
3 Shares

वालिङ। स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ विजयी भएका छन्। नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे। दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ। त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ। गठबन्धनकातर्फबाट काँग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ। स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन्।