काठमाडौं महानगरमा बालेन साहले लिए सुरुवाती अग्रता

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवाती अग्रता लिएका छन्।काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको छ।