मतपत्रमा हस्ताक्षर नभेटिएपछि मतगणना स्थगित

mat_gadana_election
फाइल तस्बिर
लोकपाटी न्यूज
8 Shares

ललितपुर। जिल्लाको महांकाल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ।

एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ। उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइन्। केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ थियो।

उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० (७७ दशमलव ९६ प्रतिशत) मत खसेको थियो। राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो। हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्