घरपझोङको अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

गठबन्धन दलका चिन्ह
लोकपाटी न्यूज
7 Shares

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन्। मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेपाली काँग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो।

घरपझोङ गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेदवार विजयी भएका छन्। घरपझोङ-४ को वडाध्यक्षमा काँग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्