काठमाडौं महानगरको मतगणना छिटो गर्न दबाब

mat_gadana_election
फाइल तस्बिर
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने संकेत देखिएको छ। आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको थियो। मतगणनाको गतीमा ढिलाइ देखिएपछि त्यसलाई तीब्रता दिन दबाब दिइएको छ।

सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ। दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो संख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए।

कार्यालयले छ/सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ। वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ। यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ। प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिउका छन्।

पछिल्लो परिणाम अनुसार साहले ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले ४१ र नेकपा (एमाले)का केशव स्थापितले ४३ मत प्राप्त गरिका छन्। काठमाडौं महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारको संख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ। वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।