नेता शर्माको विश्लेषण : मधेशमा माओवादी ओरालो लाग्नुका सात कारणहरू

Ramkumar sharma-2
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा मधेसमा कमजोर देखिएको छ। गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख/अध्यक्ष र ९ वटामा उपप्रमुख/उपाध्यक्ष मात्रै जितेको छ। मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको माओवादी केन्द्र किन मधेशमा महापराजय हुन पुग्यो त ? माओवादी केन्द्रका नेता रामकुमार शर्माको विश्लेषणमा यी सात कारणः

१. क. गिरीराजमणी पोखरेल र क. मातृका प्रसाद यादवबिच आ-आफ्ना व्यक्तिगत स्वार्थ पुर्तिका लागि चरम गुटबन्दी गर्नू र पार्टी लाई फसाउनु,

२.माओवादी केन्द्रबाट सधै सत्तामा रहने गरेका गिरिराजमणी पोखरेल र मातृका यादवमार्फत् मधेस स्तरमा विकासको बैज्ञानिक मोडल प्रस्तुत गर्न नसक्नु,सत्ताको चरम दुरूपयोग आ-आफ्नो निर्वाचन क्षेत्रमा गर्नु,

३.सत्तामा बसेर भ्रष्टाचार गर्नु र आफ्नो गुटका मान्छेहरूलाई भ्रष्टाचार गर्न प्रेरित गर्नु,

४.प्रदेश नेतृत्व वृद्ध, योजना बिहिन,असक्षम एंव टुरिस्ट प्रवृत्ति को हुनु,

५.लामो समय देखि प्रदेश अध्यक्ष बिहिन हुनु , प्रदेश कमिटी गठन नहुनु,

६. मधेस प्रदेश सरकारबाट भएको भ्रष्टाचार ,अनियमितता एंव कुशासनको बारे भूमिका बिहिन हुनु,उल्टै एक मंत्री पद को लोभमा बदनाम सरकारमा सहभागी भएर भ्रष्टाचारीको मतियार बन्नु,

७.आदरणिय अध्यक्ष क।प्रचण्ड लाई जनता एंव पार्टी बिरुद्धमा भईरहेको यि तमाम अपराधहरू बारे बारम्बार जानकारी गराउदा पनि बोल्ड निर्णय गर्न नसक्नु,अनिर्णय को बन्दी बन्नु

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्