बलात्कार आरोपित पाण्डेलाई पाँच दिनसम्म हिरासतमा राख्न अनुमति

manoj_pandey
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनलाई मानव बेचबिखन तथा ओसारपसार र बालबालिका विरुद्धको कसूरमा मुद्दा चलाउने तयारी भइरहेको छ। पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो।

युवतीले गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन्। मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ। १६ वर्षको हुँदा आफूमाथि ६ महिनासम्म पाण्डेले यौन शोषण गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्