मुस्ताङ घुम्न आएका दुई पर्यटकको शव फेला

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज
3 Shares

मुस्ताङ। मुस्ताङ घुम्न आएका दुई पर्यटकको शव बुधबार फेला परेको छ। मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित कालीगण्डकी नदी दोभानमा एक जना र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अर्का एक जनाको शव भेटिएको बताइएको छ।

घरपझोङ –२ को मार्फा खोला र कालिगण्डकी नदी दोभानमा अन्दाजी ३७/३८ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए। पैदलयात्रा गर्दै गरेका एक विदेशी पर्यटकले कालिगण्डकी नदीको छेउमा बेवारिसे शव अवस्थामा देखेपछि ति पर्यटकले स्थानीयले जानकारी गराएका थिए। कालिगण्डकी नदीमा मृत शव फेला परेको जानकारी पाएपछि स्थानीयले बिहान करिव १० बजे प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय जोमसोमबाट प्रहरी टोली घटना स्थलमा पुगेर शवको मुचुल्का र अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक तामाङले उल्लेख गरे।

प्रहरीले कालिगण्डकी नदीबाट शव निकालेर पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा राखेको जनाएको छ। छोटो दारी जुंगा पालेको, गोरो अनुहार भएको र मंगोलियन हुलिया भएको उक्त वेवारिसे शवको पहिचान हुन सकेको छैन। प्रहरीले बेवारिसे शव फेला परेका व्यक्तिको आफन्तको खोजीकार्य अघि बढाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्