‘अभिभावकका ५ गल्ती, जसले बालबालिकालाई बिगार्न सक्छ’

parents_children
लोकपाटी न्यूज
21 Shares

आमाबाबुले आफ्ना छोराछोरीलाई धेरैमा दिनु राम्रो कुरा हो, तर आफ्ना बालबालिकाहरू हुर्काउने क्रममा केही कुराहरूमा ख्याल पुर्‍याउन आवश्यक हुन्छ। जसले बालबालिकाहरूलाई राम्रो व्यक्ति बनाउँछ। कहिलेकाहीँ धेरै माया गरेका कारणले गर्दा पनि बालबालिकाहरू बिग्रन थाल्छन्। उनीहरूले आफ्नो जिद्दी पूरा नहुँदा रुने वा कराउने, घरमा आफन्त आएमा नराम्रो कुरा गर्ने, दिनभर टिभी हेर्ने र रिमोट खोसेपछि खाना नखान जिद्दी गर्ने गर्छन्। यदि तपाईंको बालबालिकाले यी बानीहरू विकास गरेको छ भने, तपाईंले अबदेखि अभिभावकत्व गर्ने तरिकामा केही परिवर्तन गर्नुहोस्। जसमा तलका सुझावहरूले मद्दत गर्न सक्छ :

बालबालिकाका हरेक जिद्दी पूरा नगर्नुहोस् : आमाबाबुले आफ्ना छोराछोरीलाई सम्झाउनुपर्छ कि उनीहरूको हरेक इच्छा पूरा हुन सक्दैन। यदि बालबालिकाले जिद्दी गरेमा उनीहरूलाई शान्त ठाउँमा लैजानुहोस् र शान्त गराउने प्रयास गर्नुहोस्। उनीहरूलाई बुझाउनुहोस् कि तिमीले जे मागिरहेका छौं, त्यो तिम्रो लागि उपयुक्त छैन। बालबालिका लागि केही सीमाहरू बनाउनुहोस् (बाल अनुशासन विधिहरू)। उनीहरूको पढाइ र खेल्ने समय तालिका तयार गर्नुहोस्।

अनादर गर्नहुँदैन भनी सम्झाउनुस् : आफ्ना छोराछोरीप्रति ध्यान दिनुहोस् कि उनीहरूले अर्को व्यक्तिको अनादर गरिरहेका त छैनन्। यदि उनीहरूले यसो गरिरहेका छन् भने, तपाईं सम्झाउनुहोस् कि आफन्तसँग नराम्रो व्यवहार गर्नु राम्रो कुरा होइन। गलत तरिकाले बोल्दा तिम्रो वरिपरिका मानिसहरूलाई चोट पुर्‍याउन सक्छ। अभिभावकले आफ्ना छोराछोरीहरूलाई मीठो बोल्न र राम्रोसँग बस्न सिकाउनुपर्छ।

आवश्यकता थाहापाएर मात्र पैसा दिनुहोस् : धेरै जसो अभिभावकहरू छोराछोरीलाई पकेट खर्चको नाममा मनपरी पैसा दिन्छन्, जसका कारण बालबालिकाहरूमा पैसाको नराम्रो बानीमा पर्न सक्छन्। जसका कारण उनीहरूले पैसाको कदर गर्दैनन्। किनेको सामान पनि एक–दुई पटकभन्दा धेरै प्रयोग गर्दैनन्। त्यस्तो सामानलाई फ्याँकिदिन्छन्। बालबालिकाको हातमा पैसा नदिनुहोस्, बरु उनीहरूलाई चाहिएको सामान आफैले किन्नुहोस्। दिएको सामानको सदुपयोग गर्नुपर्छ भनेर बुझाउनुहोस्। फेरि त्यो सामान किनिदिन नसक्ने कुरा उनीहरूलाई भन्नुहोस्। आवश्यकता नजानी कहिल्यै पैसा नदिनुहोस्।

दुर्व्यवहार गर्नबाट रोक्नुहोस् : आफ्ना छोराछोरीलाई कसैले दुर्व्यवहार गरिरहेको छ भन्ने उनीहरूसँग सोध्नुहोस् कसले दुःख दिइरहेको छ भनेर। तर, आफ्ना छोराछोरीले अर्को बालबालिकालाई दुर्व्यवहार गरेको गुनासो आफ्ना छोराछोरीविरुद्ध आयो भने तुरुन्तै आफ्ना छोराछोरीसँग कुरा गरेर उनीहरूलाई बुझाउनुपर्छ कि जसरी कसैलाई दुर्व्यवहार गर्दा नराम्रो लाग्छ, त्यसरी नै अरू बालबालिकालाई पनि नराम्रो लाग्छ। आफ्नो बालबालिकाले यस्तो व्यवहार गर्नुको पछाडिको कारण जान्न प्रयास पनि गर्नुहोस् कि उसले यो किन गरिरहेको छ। साथै, उनीहरूमा असल बानीहरू विकास गर्नुहोस्।

झूट बोल्नबाट रोक्नुहोस् : यदि तपाईंका बालबालिकालाई झुट बोल्ने बानी परेको छ भने तपाईंले उनीहरूको व्यवहार परिवर्तन ल्याउनुहोस्। छोराछोरीमाथि दिनभर निगरानी राख्नुहोस्, उनीहरूका साथी कस्ता छन्, किन झुट बोल्छन्, यो बाहेक उनीहरूले केही गल्ती गरिरहेका त छैनन्। यस्तो अवस्थामा अभिभावकले बालबालिकालाई गाली गर्नुहुँदैन। गाली गर्दा उनीहरूलाई आफ्ना कुराहरू तपाईंबाट लुकाउने बानी पर्नेछ। उनीहरूमा झुट बोल्ने बानीको विकाश भए भविष्यमा हानि पुर्‍याउन सक्छ। त्यसैले आफ्ना बालबालिकालाई मायाका साथ बुझाउनुहोस्। तपाईंले उनीहरूलाई झूट बोल्ने के हुन्छ भन्नेबारे कथाहरू सुनाउन सक्नुहुन्छ र यदि तिमीले सधैं झुट बोलेपछि मानिसहरूले तिमीमाथि विश्वास गर्नेछैनन्। यस्तो बानीले तिमी समाजमा एक्लो हुनसक्छौं भनी सम्झाउनुहोस्।

छोराछोरीमा असल व्यवहार सिकाउने जिम्मेवारी अभिभावकको हो। आमाबाबुले आफ्नो छोराछोरीमा राम्रो बानीको विकास गर्न माथिका पाँच सुझावहरू पालना गर्न सक्नुहुन्छ। यी सुझावहरू तपाईंलाई ठूलो मद्दत हुन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्