पल शाहको थुनछेक सुनुवाइ स्थगित

paul_shah
लोकपाटी न्यूज
8 Shares

तनहुँ। नाबालिका बलात्कारको आरोपमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह)  को थुनछेक सुनुवाइ स्थगित भएको छ। बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले स्थगित गर्न अदालतमा निवेदन दिएका हुन्।

तयारी नपुगेको भन्दै निवेदककै तर्फबाट बिहीबारको पेसी स्थगित गराइएको छ। अब उक्त निवेदन उपर अर्को सुनुवाइका लागि मिति तोकिने छ।
पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो।

उक्त मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिइएको थियो। यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्