फोर्ब्स म्यागेजिनको सूचीमा परे पाँच नेपाली

forbes pic
लोकपाटी न्यूज
5 Shares

एजेन्सी। अमेरिकी म्यागेजिन फोब्र्सले यो वर्ष पनि ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको छ। फोब्र्सले यो वर्षको एसियाका थर्टी अन्डर थर्टी एसिया अर्थात् ३० वर्ष मुनिका प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको हो।

जसमा नेपालबाट पाँच जना नेपालीहरू सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे सूचीकृत भएका छन्। यस वर्षको सूचीमा चार हजारभन्दा बढी उम्मेदवारहरूले आवेदन दिएकोमा तीन सय जना छनोट गरिएकोमा पाँच जना नेपालीहरू पर्न सफल भएका हुन्।

सूचीकृत नेपालीहरूमा २९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह–संस्थापक हुन भने सुमित दाहाल ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन्। ऐश्वर्या रानी सिंह पुतली नेपालकी संस्थापक हुन्। यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था हो। निरज काफ्ले रिटेल एन्ड इ–कमर्स’ विधामा सूचीकृत छन् भने सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह–संस्थापकहरू हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्