काठमाडौं। काठमाडौं-१५ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। (एस) ले काठमाडौं महानगरको वडामा पहिलो जित निकालेको हो। महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भए।
डंगोल एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन्। निर्वाचित डंगोलले ३ हजार ४७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए।
एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत प्राप्त गरे। ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।
यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साहले दुई हजार १०६ मत पाउँदा एमालेका केशव स्थापितले एक हजार ५६८ मत र कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ ल्याए।