रेनु दाहालको सन्देश : स्मार्ट भरतपुरको सपना पूरा गरिछाड्नेछौं

Renu Dahal
लोकपाटी न्यूज
7 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट भरतपुरको सपना पूरा गरेर छाड्ने बताएकी छन्। दोस्रो पटक महानगर प्रमुखको पदभार ग्रहण गरेकी दाहालले बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मतदाताहरुलाई धन्यवाद दिँदै स्मार्ट भरतपुरको सपना पूरा गरेर छाड्ने बताएकी हुन्।

उनले भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको भन्दै स्मार्ट भरतपुरको सपना पूरा गर्नको लागि हातेमालो गर्न सबैमा अपील समेत गरिन्।

प्रमुख दाहालले लेखेकी छन्, ‘निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हृदयदेखि नमन गर्दछु। साथै स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित हुनुहुने नगर उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू र देशैभरिबाट निर्वाचित समस्त जनप्रतिनिधिहरूमा हार्दिक बधाइ एवं कार्यसफलताको शुभेच्छा व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्