प्रदीप ज्ञवाली भन्छन्–निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला दुर्भाग्यपूर्ण

Pradip_Gyawali
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने रोक्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ। यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्‍याएको छ।
आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसलारु’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्