ललितपुर । रातो मच्छिन्द्रनाथको रथलाई आउँदो १८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि आज बिहीवार ज्योतिषहरूले आउँदो १८ गतेको साइत निकालेका हुन् ।
यदि १८ गते नै रथलाई जावलाखेलमा पुर्याउन सकेको खण्डमा २१ गते भोटो देखाइनेछ ।
भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई खटमा राखेर टङ्गाल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
यसैबीच रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा आज गरिएको छ । कुलदेवीको पूजा गरिने दिनमा नै रथ लगनखेलबाट जावलाखेल तान्नका लागि साइत हेर्ने गरिन्छ ।