सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

हिजो बिहिबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज शुक्रबार सुको मुल्य प्रतितोला १००० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। हिजो विहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्