गंगालाल अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

sahid gangalal kendra
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी मागेको छ। बढुवा, आन्तिरिक प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि केन्द्रले आवेदन माग गरेको हो।

आइतबार प्रकाशित विज्ञापन अनुसार आन्तरिका कार्यक्षमता मूल्यांकनका आधारमा ३८ कर्मचारीको बढुवाका लागि आवेदन माग गरेको छ।
आन्तरिक प्रतियोगितात्कम परीक्षाबाट छनोटका लागि ८ जना कर्मचारी माग गरिएको छ।

खुल्ला परीक्षामार्फत् छनोटका लागि ५७ जना कर्मचारी माग गरिएको छ। खुल्लातर्फ सबैभन्दा धेरै ३० जना स्टाफ नर्स मागिएको छ।

Untitled

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्