बुटवल । लुम्बिनी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको १० औ अधिवेशन अन्र्तगतको १० औं बैठकले २०७९÷८० को नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रम २५ जेठमा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गर्नुभएको थियो ।
यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
जवाफमा केसीले प्रदेशको आवश्यकता र विकासको लक्ष्यलाई टेकेर कार्यक्रम ल्याएको बताउदै सबैलाई साथदिन अनुरोध गनुभयो ।
केसीले राजनीतिक बिचारधारा फरक भएपनि प्रदेशको समृद्धि सबैले चाहेको भन्दै आ आफनो दायित्व जिम्मेवारीमा रहेर प्रदेशका गौरवका योजना साकार पार्नुको बिकल्प नरहेको बताउनुभयो ।
समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउन एकताबद्ध हुन अनुरोध गर्नुभयो ।