विवाह गर्दै ‘तितो सत्य’का राज आचार्य

raj-sunisha pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। हास्य श्रृखंला ‘तितो सत्य’का चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन्। राजले मोडल सुनिशा बजगाईसँग असार ७ गते विवाह गर्न लागेको पारिवारिक स्रोतले जनाएको छ।

चर्चित हास्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिन लागेका हुन्।

केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन्। विवाहको एकसाता अघि यी दुईले प्रि–वेडिङ फोटोसुट पनि गराएका छन्। राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्ययन समेत सकाएका छन्। पढाई सकेर उनी नेपाल फर्किएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्